३० आश्विन २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS: घट्यो पेट्रोलियम पदार्थको मूल्य, स्वचालित प्रणाली लागू

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले डिजेल, पेट्रोल र खाने पकाउने ग्यासको मूल्य घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटेको छ ।

पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।

यस्तै, निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ । ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । यसैबीच यो पटकबाट पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू पनि भएको छ ।

हेरौँ आइतबार दिनभरका मुख्यमुख्य समाचारका हेडलाइनहरू–