
काठमाडौं, ३१ असार । प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने विषयम आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरुद्ध गरेको छ ।
आज आइतबारको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई निर्णयार्थ पेश नगरिएको भन्दै रास्वपाले सदन अवरुद्ध गरेको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले समयमा नै विरोध नआएकाले निर्णयार्थ पेश गरिएको जानकारी दिए । तर, रास्वपा सांसदहरुले वेल नै घेराउ गरेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरिएको सूचना दिए ।















प्रतिक्रिया