१ कार्तिक २०८३, आइतबार

बालेनको मर्मस्पर्शी कविता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । काठमाडौं महानगरपालिकाको मेयर बालेन साह कवितामा लेख्न पनि विशेष रूची राख्छन् ।

हुन त बालेन कलाकार समेत भएकाले कतिवाप्रति पनि झुकाव हुनु स्वभाविक नै हो । बालेनले बेला बेलामा राष्ट्रप्रेम झल्काउने कविता लेख्छन् त कहिले मर्मस्पर्शी ।

यस्तै उनले शनिबार साँझ एक मर्मस्पर्शी कविता लेखेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । जसलाई उनका शुभचिन्तकहरूले अध्यधिक मन पराइरहेका छन् ।

यस्तो छ उनको कविता–

हामी मनुष्यलाई एकदिन मर्नुपर्छ,
कसैलाई याद हुँदैन,
दैनिक याद हुनु राम्रो कुरा पनि हैन
तर बिर्सिनु पनि त सही छैन

एकदिन यो पाऊले धर्ती टेक्दैन,
एकदिन यो शरीरले हुरी छेक्दैन,
एकदिन यो आँखाले संसार देख्दैन,
एकदिन हातले मनको कुरा लेख्दैन,
इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन,
एकदिन,
हामी जति बिकाऊ भए पनि,
आत्माले आफू बेच्दैन।।