२९ आश्विन २०८३, बिहिबार

एमालेले साउन १५ भित्र सदस्यता नवीकरणको विवरण प्रमाणीकरण गरिसक्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । नेकपा एमालेले आगामी सान १५ गतेभित्र पार्टी सदस्यता नवीकरणको विवरण प्रमाणीकरण गरिसक्ने भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आज बसेको नेकपा एमालेको २३औँ सचिवालय बैठकले पार्टी सदस्यता नवीकरणको म्याद यही असार मसान्त (भोलि) सम्म भएकाले साउन १५ गतेभित्र सबै विवरणलाई अध्यावधिक गरेर प्रमाणीकरण गर्ने निर्णय गरेको हो ।

पार्टीको वार्षिक कार्ययोजना अन्तर पार्टी निर्देशन (अपानि–७) अनुसार नयाँ निर्णय भएका सदस्य, नवीकृत सदस्य र नयाँ सदस्यसहित सम्पूर्ण सदस्यहरुको विवरण प्रदेशमार्फत् असार मसान्तसम्म केन्द्रीय संगठन विभागमा पठाउने कार्ययोजना छ । संगठन विभागले यथाशीघ्र सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था छ ।

सदस्यता नवीकरण सकेपछि प्रदेश अधिवेशनको तयारीमा लाग्ने निर्णयसमेत पार्टीले गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले पार्टीको बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको र अन्य केहि नेताहरुको जिम्मेवारी हेरफेर गरिएको ज्ञवालीले जानकारी दिए । उनका अनुसार साउन २ देखि ६ गतेसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको भ्रमण गर्ने तय भएको छ ।