२९ आश्विन २०८३, बिहिबार

मोटरसाइकल चोरीमा संलग्न दुईजना कलंकीबाट पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले शुक्रबार काठमाडौँको कलंकीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका ३ घर भइ हाल काठमाडौँको स्वयम्भू ठुलोभर्‍याङ बस्ने २२ वर्षीय अमृत पाख्रिन तामाङ र बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ घर भइ ठुलोभर्‍याङनै बस्ने २५ वर्षीय बुद्ध बहादुर वाइबा छन् ।

चोरी भएका मोटरसाइकल खोजतलासको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट खटिएको टोलीले शंकास्पद अवस्थामा च्यासिस र इन्जिनको भाग कोरिएको ना ३२ प ६६ ६३ नम्बरको मोटरसाइकल सहित अमृत पाख्रिन तामाङलाई नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाइकलको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा बुद्धबहादुर वाइबाबाट लिएको भन्ने खुलेपछि वाइबालाई बा ९१ प १८०४ नम्बरको मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बा ९१ प १८ ०४ नम्बरको मोटरसाइकल काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा चोरीमा प्रयोग भएको खुल्न आएको छ । महोत्तरीको जलेश्वर नगरपालिका २ घर भइ हाल ललितपुरको ग्वार्को बस्ने निकेश कुमार साहले ग्वार्को स्थित पार्किङस्थलबाट प्रदेश ३ ०२ ००२ प ८९ ७७ नम्बरको मोटरसाइकल गएको बुधबार चोरी भएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

उक्त मोटरसाइकलको चोरीमा पनि उनीहरूनै संलग्न रहेको खुल्न आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा आएका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

योसँगै आर्थिक वर्ष २०७९/८० मा चोरीका ३४ ओटा सवारी साधनसहित चोरीमा संलग्न ३८ जना व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाएको छ ।