३ कार्तिक २०८३, मंगलबार

भ्रष्टाचारविरूद्व प्रधानमन्त्री र गृहमन्त्रीको खुट्टा दरो होस्, रास्वपा सहयोगका लागि छेउमै छ: रवि लामिछाने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले भ्रष्टाचारविरूद्वको अभियानमा सरकारलाई साथ दिन आफूहरू तयार रहेको बताएका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले प्रधानमन्त्री र गृहमन्त्रीलाई दरो खुट्टा टेक्ने सुझाव दिँदै भ्रष्टाचारको अन्त्य गर्नका लागि साथ चाहिएमा रास्वपा छेउमै रहेको भन्दै बोलाए मात्रै पुग्ने बताएका हुन् ।

‘सरकारले दरो खुट्टा टेकोस् प्रधानमन्त्रीको खुट्टा दरो होस्, गृहमन्त्रीको खुट्टा दरो होस् । भ्रष्टाचारको अन्त्य गर्नका लागि साथ चाहिएमा रास्वपा त्यहीँ छेउमा बसेको छ । एकपटक बोलाए मात्रै हुन्छ । भ्रष्टाचारको कुनै पनि कालखण्डको फाइल खोल्न साथ सहयोग चाहिएको खण्डमा हामी छेउमै छौँ । प्रतिपक्षीको बेन्चमा बसेर पनि बेथिति अन्त्यका लागि नि:शर्त नि:स्वार्थ रास्वपा सहयोग गर्न तयार छ,’ लामिछानेले भने ।

लामिछानेले रास्वपा राजनीतिमा आएपछि भ्रष्टाचारीहरू डराएका दाबी गरे । उनले शक्तिको आडमा केही मानिसहरू बच्ने र निर्दोष फस्ने काम नहोस् भन्नेमा सचेत गराए ।