२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : लम्पी स्किन रोकथाम गर्न सभामुखद्वारा रुलिङ, रास्वपाले संसद अवरुद्ध गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । ‘भुसको आगो’झैं देशभर फैलिएको लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन् ।

आज बसेको बैठकमा सांसदहरूले यो रोगबाट किसानहरूको ठूलो क्षेति भइरहेको तर सरकार बेखबर रहेको भन्दै ध्यानाकर्षण गराएका थिए । सांसदहरूको कुरा सुनेपछि सभामुख घिमिरेले यसबारे अहिलेसम्म भइरहेका कामकारबाहीबारे संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।

यस्तै, मिटरव्याजसम्बन्धी विधेयक सरकारले सदनमा ल्याउन आनाकानी गरेको भन्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरूले सरकारको आलोचना गरेका छन् । प्रतिपक्षी दललाई देखाएर विधेयक ल्याउन ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ ।

प्रतिनिधि सभाको अर्को बैठकको कार्यसूचीमा विधेयक पेश गर्ने विषय समावेश नगरिए रास्वपाले संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य सूमाचारका हेडलाइनहरू–