बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

आवश्यकता अनुसार संविधान संशोधन हुन सक्छ : केपी ओली (भिडिओ)

दैनिक नेपाल २०८० असार २९ गते १८:२६

काठमाडौं, २९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आवश्यकता अनुसार विद्यमान संविधान संशोधन हुनसक्ने बताएका छन् ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २४ औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भारतलगायतका देशमा पनि सयौं पटक संविधान संशोधन भएको उदाहरण प्रस्तुत गर्दै देशलाई अघि बढाउने सन्दर्भमा नेपालमा पनि आवश्यकता अनुसार संविधान संशोधन हुन सक्ने बताएका हुन् ।

जनता र राष्ट्रको हित गर्नका लागि संविधान आवश्यक रहेको भन्दै राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको उनले बताए । संविधान अनुसारको राज्य भन्दा पनि राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले समग्रतामा मानवअधिकार पूर्ति हुनका लागि समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा हुनैपर्ने धारणा व्यक्त गरेका छन् । ओलीले देशको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डता राष्ट्रिय स्वार्थलाई माथि उठाउने र सुशासन केन्द्रीत संविधान जनताले चाहेको धारणा व्यक्त गरे ।

उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्नका लागि अहिलेको संविधान आए पनि यसमा अपूर्ण देखि आवश्यकता अनुसार संशोधन गर्न सकिने दोहोर्‍याए ।

प्रतिक्रिया
सम्बन्धित