२९ आश्विन २०८३, बिहिबार

मानवअधिकारको जग नै कमजोर हुँदा आधारभूत अधिकार पाउन मुश्किल : केपी ओली

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारको जग नै कमजोर हुँदा नेपालीहरूलाई आधारभूत अधिकार पाउन मुश्किल भइरहेको बताएका छन् ।

आज शुक्रबार मानवअधिकार एलाइन्सले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव भएर बाँच्न पाउने आधारभूत अधिकार नै प्राप्त हुन नसकेको भन्दै मानवअधिकारको जग नै कमजोर रहेको बताएका हुन् ।

अहिले पनि देशमा भोकमरीको अवस्था रहेको चर्चा गर्दे उनले भने, ‘हामी सबैले सरकारलाई भन्नुपर्नेछ– निरपेक्ष गरीबीको रेखामुनि अहिले पनि ठूलो प्रतिशत जनसंख्या छ । अहिले पनि देशमा भोकमरी छ । खान नपाएर भोकै मर्ने स्थिति छ । यो राज्यले स्वीकार गरेको पनि छ ।’ मानवअधिकारका निम्ति अझै प्रयास गर्नुपर्ने अवस्था रहेको अध्यक्ष ओलीको भनाइ छ ।

उनले मानवअधिकारको हनन राज्यबाटै हुने गरेको भन्दै सरकारले साइनबोर्ड र प्रणालीमा मात्रै लोकतन्त्र भनेर नहुने विचार व्यक्त गरे ।