२९ आश्विन २०८३, बिहिबार

पाकिस्तानसँग नेपाल पराजित

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । नेपाल एसीसी इमर्जिङ टिम्स एशिया कपको पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको छ ।

जितका लागि १८० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ‘ए’ले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

त्यसअघि श्रीलंकाको कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १७९ रनमा अल आउट हुन पुगेको थियो ।

नेपालले दोस्रो खेल सोमबार भारत ए सँग खेल्नेछ । तेस्रो खेल बुधबार युएई ए सँग खेल्नेछ ।