शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

एनआरएनए कतारको सचिवमा क्षेत्रीको उम्मेदवारी घोषणा

दैनिक नेपाल २०८० असार २९ गते १८:०२

दोहा, २९ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको सचिवमा ओमबहादुर क्षेत्री (सन्तोष)ले उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रहेको र आफूले आर्जन गरेको ज्ञान, शीप र अनुभवलाई एनआरएनएमार्फत वृहद बनाउन उम्मेदवारी घोषणा गरेको उनले बताए ।

मध्यपुर्वको पहिलो एवम् गरिमामय इतिहास बोकेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सन् २०१९–२०२१ र सन् २०२१–२०२३ लगातार दुई कार्यकाल प्रवक्तामा रहि काम गरेको उनले बताए ।

झन्डै डेढ दशकको पत्रकारितको अनुभव एवं कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व तहमा रहेर काम गर्दाको प्राप्त अनुभवको आधारमा सन् २०२३–२०२५ कार्यकालको लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

एनसीसी कतारको गरिमालाई बचाई राख्न कतारमा स्थापित संघ–संस्था संग समन्वय गर्दै नेतृत्वमा युवा सहभागिता, आर्थिक पारदर्शिता एवम् श्रमिकको विश्वसनीय साथी बनाउने अभियानमा सक्रिय हुनको लागि आफूले सचिबको उम्मेदवारी दिएको बताए ।

उनका अनुसार एनआरएनएको तलदेखि माथिसम्म रहेका अनेको समस्या, शंका र निराशालाई चिर्दै विश्वासको उचाइसम्म संघलाई पुर्याउन आफ्नो उम्मेदवारी रहेको बताए ।

यसैगरी, एनआरएनए कतारको सचिवमा एकराज कटवाल (दिनेश) ले पनि उम्मेदवारी दिने भएका छन् । हाल राष्ट्रिय समन्वय परिषद् कतारका सदस्य रहेका कटुवालले सन् २०२३–२०२५ कार्यकालको लागि भने सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कटवाल सन् २०१३ देखि कतारमा श्रमिकका रूपमा कार्यरत हुँदै नेपाली श्रमिकहरुको हकहितको कार्यमा सक्रिय हुँदै आएका छन् । संघको निर्वाचन २१ जुलाई तथा दशौं महाधिवेशन २८ जुलाईमा हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित