२८ आश्विन २०८३, बुधबार

एनआरएन अमेरिकाको सचिवमा विश्व सुवेदीको उम्मेदवारी

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । गैर आवसिय नेपाली संघ एनआरएन अमेरिकाको सचिवमा इन्जिनियर विश्व सुवेदी (बास बिस्सु)ले उम्मेदवारी दिएका छन् ।

सन् २००३ देखि लस एन्जलस, क्यालिफोर्नियामा बस्दै आएका सुवेदीले उम्मेदवारी दिएका हुन् । अमेरिकामा नेपाली समुदायसँ चिर परिचित सुवेदीले आफ्नो ब्याच्लर र मास्टर्स दुवै क्यालिफोर्निया स्टेट युनिभर्सिटी लस एन्जलसमा गरेका थिए । उनी विगत १३ वर्षदेखि आईटी क्षेत्रमा काम गर्दै आएका छन् ।

अमेरिकामा विशेष गरी युवावर्ग लाई समेटेर हरेक वर्ष हुने नेपलिज अमेरिकन कन्भेन्सनको नेतृत्व सुवेदीले गर्दै आएका छन् । उनको एफ वान ग्रुपले विद्यार्थीहरुलाई छात्रवृति पनि दिँदै आएको थियो भने सुवेदी आफैँले २०७२ सालको भूकम्पमा नेपालमा करिब एक महिना राहत सामग्री बाढ्दै सहयोगका कामहरु गरेका थिए ।

सुवेदीले गोर्खाको तत्कालित तान्द्रंग गाविसमा भुकम्पले भत्किएको विद्यालय भवन पुनः निर्माण गरेका थिए ।