बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

एनआरएनए अष्ट्रिया अध्यक्षका लागि ध्रुव पौडेलको उम्मेदवारी घोषणा

दैनिक नेपाल २०८० असार २८ गते २२:१३

काठमाडौं, २८ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको आगामी नेतृत्व (२०२३–२०२५ कार्यकाल)का लागि ध्रुव पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

आज अपराह्न उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै आफ्ना योजनाहरू समेत अघि सारेका हुन् ।

उनले आफ्नो योजना लागू गर्ने अवस्था निर्माण गरिदिन अष्ट्रियावासीसँग सहयोगको अपील समेत गरेका छन् ।

यस्तो छ, उनको उम्मेदवारी घोषणा र गर्ने कामको योजना–

सम्भावनाको खोजीमा लाखौँ युवाहरूले आफ्नो जन्मभूमि छोडेजस्तै मैले पनि आफ्नो जन्मभूमि छोडेर आएको आज २५ वर्ष भएछ । हिजोजस्तै लाग्थ्यो यहाँ आएको प्रथम दिन । तर समयले कोल्टो फेरेको महसूस नहुँदै आज मध्य–युरोपेली राष्ट्रको एक सवल मुलुकमा २५ वर्ष बिताउनु भनेको पक्कै पनि सहज थिएन । तर पनि म कहिल्यै नेपाली समुदायबाट बाहिर रहेको छैन ।

नेपालको माओवादी द्वन्द्वकालपश्चात मुलुक छोडेर यहाँ आउनुभएका दोश्रो पुस्ताको नेपालीहरूका लागि विदेशी भूमिमा पनि आफ्नो कला र संस्कृतिलाई जोगाइराख्न संगठित बनेको सामाजिक संस्था नेसास अष्ट्रियासँगै हरेक सामाजिक कार्यमा सदैव म कुनै न कुनै भूमिकामा यहाँहरूकै साथ रहेको छु । म तपाईंहरूभन्दा अलग नभएको साथै यसै समाजको एक हिस्सा भएको कारण मैले कहिले पनि समाजबाट अलग भएर हिँड्ने प्रयास गरिनँ, सफलता–असफलता जे भए पनि सबैलाई स्वीकार गर्दै आजसम्म पनि म तपाईंहरू समक्ष र साथमै उभिइरहेको छु ।

अष्ट्रियाको सानो नेपाली समाजमा मेरो व्यक्तित्व खुला किताब रहेको मलाई महसूस हुन्छ । यो हिसाबले भन्दा यसै समाजको नेतृत्व गर्छु भन्ने विगतको अपेक्षा जस्तै आज पनि म तपाईंहरूसमक्ष फेरि पनि तपाईंहरूको साथसँगै उभिने प्रयास गरेको छु । मेरो यस अपेक्षामा यहााँहरूको साथ पाउने मा विश्वस्त समेत रहेको छु ।

पछिल्लो २ वर्षको मेरो पहल र प्रयास भनेको सहमतिको सम्भावनालाई पहिलो प्राथमिकता दिनु भन्ने हो । प्रजातान्त्रिक प्रक्रिया एक उत्तम विकल्प भएता पनि जित र हारले समाजलाई दुई भागमा लगेको कयौँ उदहारण हाम्रासामु छन् । मैले महसूस गरेका ती कयौँ उदाहरणलाई आजको दिनमा सम्पूर्ण अष्ट्रियावासी नेपाली समुदायका व्यक्तित्वहरूले समेत महसूस गर्नुहुनेछ भन्ने म विश्वस्त छु ।

मैले यी–यी कार्यहरू गरे भनेर गरेको कर्मलाई प्रचार गरेर आफू लाइभमा आउनुभन्दा कर्म गर्दै गर फल प्राप्त हुँदै जान्छ भन्ने मान्यतालाई मैले सदैव आत्मसात गरेर काम गर्दै आइरहेको छु । कर्मभूमि अष्ट्रिय र जन्मभूमि नेपालको कुनै पनि आवश्यकतामा सदैव मेरो आफ्नो हैसियतको सहयोग आजका दिनसम्म गरिरहेको छु र भोलिका दिनमा समेत मेरो यो कर्मको निरन्तरता हुनेछ भन्नेमा म दृढ छु ।

आजको मेरो आवश्यकता भनेको तपाईंको सहयोग र सुझावको हो । मैले यो गर्छु भनेर घोषणापत्र तयार गरेर यहाँहरूसमक्ष प्रस्तुत गर्नुभन्दा यहाँहरूको सुझावको आधारमा मेरा कार्ययोजनाहरू केही दिनमा नै यहाँहरूसमक्ष प्रस्तुत गर्नेछु ।

यहाँहरू सबैको साथ र सहयोगको अपेक्षामा–

तपाईंहरूकै
ध्रुव पौडेल
अध्यक्ष पदको प्रत्यासी
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद् अष्ट्रिया

प्रतिक्रिया
सम्बन्धित