२९ आश्विन २०८३, बिहिबार

पार्टी प्रचारको कामलाई प्रभावकारी बनाउन सबैले अंश–अंशमा खर्च गर्नुपर्छ : राजेन्द्र गौतम

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २८ असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पाटीको प्रचारको कामलाई प्रभावकारी बनाउन सबैले अंश–अंशमा खर्च गर्नुपर्ने बताएका छन् ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटी प्रचार तथा प्रकाशन विभागले आज सुर्खेतमा आयोजना गरेको योजना तर्जुमा विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले हरेक नेता तथा कार्यकर्ताहरूले आफ्नो आम्दानीको केही अंश प्रचार कार्यमा खर्च गरेर प्रचारको कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

प्रचार कार्यलाई एक पैसा खर्च नगर्ने तर परिणाम मात्रै खोज्ने प्रवृत्तिकै कारण एमाले र एमालेका नेताहरुप्रति चौतर्फी आक्रमण भइरहेको उनको भनाइ छ । सूचना प्रविधिको युग अनुसारका प्रचारका काम गर्नका लागि अब हरेक नेता र कार्यकर्तादेखि जननिर्वाचित पदाधिकारीले कञ्जुस्याइँ गर्न नहुने उनको भनाइ छ ।

‘हाम्रोमा प्रचार कार्यलाई एक पैसो खर्च नगर्ने तर परिणाम मात्रै खोज्ने प्रवृत्तिकै कारण एमाले पार्टी र एमालेका नेताहरुप्रति चौतर्फी आक्रमण भैरहेको छ,’ गौतमले भने, ‘सूचना प्रविधिको युग अनुसारका प्रचारका काम गर्नका लागि अब हरेक नेता र कार्यकर्तादेखि जननिर्वाचित पदाधिकारीले कञ्जुस्याइँ गर्नु हुँदैन ।’