बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

एनआरएनए कतारको अध्यक्षमा चाम्लिङको उम्मेदवारी घोषणा

दैनिक नेपाल २०८० असार २८ गते २१:३३

दोहा, २८ असार । गैरआवसीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा जैबी राई चाम्लिङले उम्मेदवारी घोषणा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

विगत लामो समय देखि कतारमा कार्यरत रहेका चाम्लिङ विभिन्न सामाजिक कार्यक्रममा सक्रिय छन् । सामाजिक क्षेत्रमा आफूले आर्जन गरेको अनुभवको आधारमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए ।

२००३ मा स्थापना भएको यस सामाजिक संस्थामा सन् २०१२ देखि निरन्तर नेपालीका लागि नेपाली भन्ने नारालाई आत्मासात गरी यस सामाजिक अभियानमा निरन्तर रहेको र एनआरएनए एनसीसी कतारका वर्तमान प्रथम उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व समेत गरिसकेका चाम्लिङ सामाजिक सहकार्य आर्थिक पारदर्शिता मजदुरमैत्री एनआरएनए अभियान मेरो प्रतिबद्धताका साथमा आगामी २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा गरेको उनले बताए ।

यी हुन् प्रस्ताव गरेको कार्ययोजना

१. सन २००३ बाट स्थापित नेपाली का लागि नेपाली भन्ने श्लोकगन र पबित्र सामाजिक उदेश्य राख्ने प्रबासमा रहेका नेपाली समुदायको साझा सस्था लाई सस्थाको सर्बोपरी हित मार्यदा र गरिमा लाई कायम राख्न सामाजिक कार्यमा निर्बिबादित रूपमा सस्थागत कार्य संचालन गर्नका लागि एनसीसी कतार मातहतका पदाधिकारी र आबस्यक आईसीसी सदस्य सहितको आर्थिक परिचालन समिती निर्माण गर्ने एनसीसीले आयोजना गर्ने कार्यक्रम हरुको लागि अनुमानित बजेट पास गर्ने र कार्यक्रम समापन भएको १५ दिन भित्र समिक्षा बैठकमा लागत पेश गरि लेखा समितिले पुन: एकहप्ता (७ दिन )भित्र लेखा परिक्षण गरि सक्ने र एनसीसी लाई प्रतिबेदन बुझाउने एनसीसी प्रबक्ता मार्फत विवरण सार्बजनिक गर्ने ।

२. कतारमा कार्यरत नेपाली समुदायहरु सग हरेक तीन महिनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने अन्तरक्रियाको शीर्षक आबस्यक्ता अनुसार बनाइने विभिन्न क्षेत्रका ब्याबसायी र विभिन्न निर्माण क्षेत्रमा कार्यरत मजदुर सग सगै एउटा मञ्चमा वैदेशिक रोजगार बाट आर्जन गरेको आर्थिक उपार्जन सामाजिक सुरक्षा कोष लाई कतारमा कार्यरत प्रत्येक नेपाली माझ पुर्याउन अभिमुखी कार्यक्रम मार्फत प्रोत्साहित गर्न पहल गर्ने ।

३. गैर कानुनी कार्यकार्यमा नेपाली बाट नै नेपाली श्रमिकहरु लाई विभिन्न प्रलोभनमा पारी फस्ने र फसाउन कार्यहरुमा संगलग्न हुने गरेका विभिन्न संचार माध्यम हरुमा समाचार आउने क्रम बढ्दो देखिदै आएको छ त्यस्ता कानुन बिपरितका गैर कानुनी कार्यमा लाग्न उकास्ने कार्यलाइ रोकथाम गर्नका लागि सचेतना कार्यक्रम नेपाली दूतावास सग समन्वय गरि तिब्रता दिइने छ साथै नेपाली दूतावास र एनसीसीका सर्बोच्च सस्था एनआरएनए आइसीसी मार्फत नेपाल सरकार सम्म पुर्याउन सम्बधित निकाय सग समेत आबस्यक समन्वय गरि पहल गरिने ।

४. हाम्रो देश नेपाल बिबिधताले भरिपूर्ण सस्कृतिका धनी देश भएकोले बिदेशी पर्यटक लाई स्वदेशमा भित्राउनका लागि नेपाली दूतावास संग समन्वय गरि बिबिध सास्कृतिक कार्यक्रम साथै पर्यटकीय क्षेत्रका प्रचारप्रसार गर्ने सस्थाले आधुनिक सञ्चारलाई प्रयोग गर्ने सस्थागत युट्युब च्यानल सञ्चालन गर्न पहल गर्ने।

५. सन १९९९ देखि कतारमा कार्यरत नेपाली समुदाय द्वारा स्थापित सामाजिक संघ सस्था लाई ब्याबस्थित गर्दै आर्थिक भार कम गर्न कडा मेहनत र परिश्रम बाट आर्जन गरिएको सस्थागत वा ब्यक्तिगत आर्थिक पुजि संचित गर्न अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्दै उत्पादन क्षेत्रमा मात्रै उपयोग गर्ने नीति बनाउन पहलको सुरुवात गर्ने सबै जाती भाषा धर्मका नेपाली समुदायले मनाउने राष्ट्रिय चाड पर्बहरु सामुहिक रूपमा आत्मीयता साटासाट गर्दै मनाउन पहल गर्ने एनआरएनए एनसीसी सस्थाको बार्षिक कार्यक्रम क्यालेन्डर समेत बनाउने।

६. कतारमा आयोजना हुने ब्याबसायिक सास्कृतिक कार्यक्रमहरुको लागि स्वतन्त्र साझा सयन्त्र समिति निर्माण गर्ने आयोजकले उदेश्य राखेको शीर्षकमा घाटा वा नाफा हिसाब किताब साझा सयन्त्रलाइ जस्ताको तस्तै प्रतिबेदन पेश गर्ने घाटा वा नाफा जस्तै परिस्थितिमा पनि शीर्षक अनुसारको रकम कार्यक्रम हुनु पुर्ब कार्यक्रमको प्रकृति हेरेर सयन्त्रले तोकिएको रकम जम्मा गर्नुपर्ने तत्पश्चात मात्रै अतिथि कलाकार कतार ल्याउन नेपाली दूतावास मार्फत मात्रै प्रक्रिया अगाडि बढाउने अतिथि कलाकार साझा सयन्त्रको मातहतमा राख्न पहल गर्ने ।

७. कतार नेपाली हरुको रोजगारी गन्तब्य मुलुक भएकोले कतार आएका पुरुष वा महिला श्रमिक माथी रोजगार दाता मार्फत पाउने सेवा सुबिधा नपाएको वा अशक्त भइ काम गर्न नसक्ने भएको भनी लिखित निवेदन आएमा सत्यतथ्य बुझी नेपाली दूतावास र वैदेशिक श्रम तथा रोजगार बिभाग सग समन्वय गरेर उद्वार गर्ने र पीडित लाई क्षतिपूर्ति भर्पाइ गराउन पहल गर्ने ।

८. कतारमा कार्यरत नेपाली समुदाय श्रमिक दाजुभाइ तथा दिदिबहिनी साथै पार्षद सदस्य हरुको सुझाव हरेक महिना संकलन गर्ने उक्त संकलन कार्य कतारमा रहेको नेपाली दाजुभाइ दिदिबहिनी द्वारा संचालित होटल,रेस्टुरेन्ट,किराना पसल वा पायक पर्ने ठाउँ वा ब्यक्तिहरु मार्फत लिखित सुझाव नोट संकलन गर्न सुझाव पेटिका बकस नेपाली दूतावास कतार सग समन्वय गरि राख्न पहल गर्ने र सुझाव लाई एनसीसी सचिवालयमा अभिलेख राख्ने सोको जानकारी नेपाली दूतावास लाई समेत गराउने कार्यको सुरुवातको गर्न पहल गर्ने ।

९. एनआरएनए एनसीसी कतारका पदाधिकारी समाजिक कार्यमा सहभागी रहदा पदिय मर्यादा बिपरित प्रस्तुत भएमा सम्बधित ब्याक्ती जिम्मेवार रहने समाज लाई कुनैपनी किसिमको आघात पुग्ने कार्य गर्न छुट नहुने यदि भएको पाइएमा सस्थाको सामाजिक कार्यमा बाधा साथै आचारसंहिता उल्लंघन गरेको ठहर भएमा जिम्मेवारि बाट अलग गराउने ।

१०. हरेक एनसीसी आइसीसीको बिधान द्वारा निर्देशित रहने ब्याबस्था भए बमोजिम सस्थागत गतिविधि गर्ने र आइसीसी सग सुमधुर सम्बन्ध कायम राख्दै प्रबासमा सामाजिक गतिविधि गर्ने गराउने साथै स्वदेशमा समेत साझा उदेश्य बनाइ बिश्वा भरी स्थापित एनसीसी सग समन्वय र समभाब राख्दै समाजिक कार्यमा सहकार्य गर्न पहल गर्ने ।

प्रतिक्रिया
सम्बन्धित