
काठमाडौं, २८ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्ष थप ९०० मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारणमा जोडिने बताएका छन् ।
आज बिहीबार राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेको प्रश्नको जवाफमा हरेक वर्ष विद्युत् उत्पादन बढ्दै जाने भन्दै अब आन्तरिक खपत बढाउँदै लैजाने समेत बताए ।
ऊर्जा विकास दशकको मार्गचित्रका साथ सरकारले काम गरिरहेको भन्दै उनले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने लक्ष्यका साथ आयोजनाहरु निर्माण भइरहेको जानकारी दिए । केही ठूला जलाशयुक्त आयोजना अगाडि बढाउने सोचका साथ सरकारले प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।
सरकारले नलगाड जलविद्युत् आयोजनालाई सरकारले उत्तिकै महत्व दिएको र छिट्टै प्रक्रिया अगाडि बढ्ने जानकारी उनले दिएका छन् । त्यस्तै, उनले कर्णाली प्रदेशमा सिँचाइ सुविधा पुर्याउनका लागि एकीकृत कर्णाली सिँचाइ परियोजना अगाडि बढाइएको र ३० करोड बराबरको बजेट विनियोजन गरिएको बताए ।















प्रतिक्रिया