
काठमाडौं, २८ असार । पछिल्लो समय विषालु च्याउ खाएर मृत्यु हुने र विरामी पर्ने घटना दिनप्रतिदिन बढिरहेको छ ।
कस्तो च्याउ विषालु र कस्तो च्याउन अविषालु अर्थात् खानयोग्य हो भनेर थाहा नपाउँदा कतिपय मानिसहरूले अकालमै ज्यान गुमाउने गरेका छन् । साथै, सचेतताको अभावले पनि मानिसहरू विषालु च्याउको सेवनबाट विरामी पर्ने तथा समयमै उपचार नपाउँदा मृत्युसम्म हुने गरेको छ ।
जङ्गली च्याउ खोज्न जाने र विषालु च्याउ खाएर विरामी हुने घटनाहरू दिनप्रतिदिन बढ्दै गएकाले जङ्गली विषालु च्याउ नखान तथा बिक्रीवितरण समेत नगर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी नावयव उपरीक्षक राजनकुमार गौतमले अनुरोध गरेका छन् । बढ्दो घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दाङले कस्तो च्याउ खाने, कसरी खाने र कस्तो च्याउ नखाने विषयमा केही जानकारी उपलब्ध गराएको छ ।
कस्तो च्याउ नखाने ?
च्याउ भाँच्दा चोप निस्कियो भने वा हुँदा त्सको रङमा परिवर्तन आयो भने त्यस्ता च्याउहरू खान हुँदैन ।
बैजनी तथा गाढा रातो रङका च्याउ प्राय विषालु हुने हुँदा त्यस्ता प्रकारका च्याउहरू खान हुँदैन ।
च्याउको माथि रहने छाता छाम्दा खस्रो एवम् तलमाथि उठेको देखिने च्याउ खान हुँदैन ।
नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र गोबर, काठ, दाउरामा उम्रेका च्याउहरू पनि प्राय: विषालु हुने भएकाले खान हुँदैन ।
विषालु च्याउको वरिपरि किराहरू नलाग्ने हुन्छ, त्यसैले यी च्याउहरू देख्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन् त्यस्ता च्याउ खान हुँदैन ।
च्याउलाई कुखुराको अण्डा एवम् दूधमा राख्दा केही समयपश्चात् दूध फाटेमा तथा अण्डा जमेमा त्यस्ता च्याउ विषालु भएको जान्नू र नखानू ।
अपनाउनुपर्ने सावधानीहरू
सकेसम्म आफूले नचिनेको जंगली च्याउ कुनै पनि अवस्थामा खान हुँदैन । खान हुने च्याउलाई समेत खुला रुपमा भण्डारण गर्नुपर्छ ।
कहिलेकाहिँ च्याउ आफैँमा विषाक्त नभए पनि सङ्कलन र भण्डारणको कारणले पनि विषाक्त बन्ने हुँदा च्याउलाई प्लाष्टिक वा स्टिलको भाँडामा गुम्साएर राख्न हुँदैन ।
आफूले राम्रोसँग चिनेर विषाक्त छैन भन्ने प्रयाप्त आधार भएपछि मात्र उक्त च्याउलाई खाने निर्णयमा पुग्नुपर्दछ ।
खाने च्याउलाई समेत सङ्कलन गर्दा वा भण्डारण गर्दा प्लास्टिकको झोला, फलाम र टिनको बाकसहरू प्रयोग गर्न हुँदै ।
खान मिल्ने फरक–फरक प्रजातिका च्याउहरू समेत सँगै मिसाएर पकाउन हुँदैन । च्याउ पकाउनु भन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउनुपर्छ । उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नाश हुँदैन, त्यसैले च्याउ खाँदा विशेष सावधानी अपनाउनु पर्दछ ।
च्याउको विष लाग्दै गरेको अवस्था छ भने घर परिवार तथा छर छिमेकीलाई लक्षणबारे जानकारी दिने र जति सक्दो छिटो अस्पताल लैजानु पर्दछ ।













प्रतिक्रिया