बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

सीताको श्रद्वाञ्जलीसभामा मानवीय संवेदना गुमाएका कृष्ण कँडेल (भिडिओ)

दैनिक नेपाल २०८० असार २८ गते १२:३५

काठमाडौं, २८ असार । मानिसहरू पछिल्लो समय यति संवेदनाहीन बन्दै गएका छन् कि मृत्युको शोकमा पनि फाइदा लुट्न पछि पर्दैनन् । यस्तै दृश्य देखियो बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको श्रद्वाञ्जली सभामा ।

टेलिभिजन कार्यक्रम प्रस्तोता कृष्ण कँडेलले यस्तो हर्कत देखाए कि लाज पनि लजाउँछ । कृष्ण सीतालाई श्रद्वाञ्जली दिन र प्रधानमन्त्रीको परिवार समवेदना दिन नभई युट्युबको भ्यूजका लागि पुगेका जस्तो देखिन्छ ।

श्रद्वाञ्जलीसभामा उनीसँगै लोकदोहोरी गायक छत्र शाही पनि पुगेका हुन्छन् । कृष्ण हातमा क्यामेरा बोकेर खिच्दै सीताको शव राखिएको ठाउँमा पुग्छन् । छत्र उनको छेउमै उभिएर सीताको शवमा नियालिरहेका हुन्छन् ।

जव कृष्णले सीतालाई श्रद्वाञ्जली दिन लाग्छन् उनले रिसाउँदै छत्रलाई तानेर क्यामेरा समाउँदै खिच्न लगाउँछन् । जुन अत्यन्तै असंवेदनशिल दृश्य थियो । लाग्थ्यो उनी भिडिओ बनाउनकै लागि त्यहाँ पुगेका हुन् ।

कृष्णले रिसाउँदै क्यामेरा समाउन लगाएपछि छत्र भिडिओ खिच्न थाल्छन् भने कृष्ण क्यामेराको अगाडि शोकमा डुबेको झैँ अनुहार बनाउँदै सीतालाई फूल माला चढाउँछन् । जुन उनको हाउभाउ अभिनय गरेको भन्दा फरक देखिँदैनथ्यो ।

प्रतिक्रिया
सम्बन्धित