
काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान गर्दै अन्तिम संस्कार गरिने भएको छ ।
आकस्मिक मन्त्रिपरिषद् बैठकले सीताको ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान दिने निर्णय गरेको हो । नेपालको इतिहासमा पहिलो पटक सीतालाई फस्ट लेडीको सम्मान दिएर अन्तिम बिदाई गर्न लागिएको हो ।
यस्तै बैठकले उनको निधनप्रति नेपाल सरकारको तर्फबाट दु:ख तथा समवेदना प्रकट गर्ने निर्णय पनि गरेको छ ।
सीताको आज बिहान उपचारका क्रममा निधन भएको हो ।















प्रतिक्रिया