
काठमाडौं, २७ असार । पत्नी सीता दाहालको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भावविह्वल बनेका छन् ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा सीतालाई झण्डा ओढाउने क्रममा प्रचण्ड भक्कानिएका थिए । उनीसँगै उनका छोरी रेणु दाहाल र गंगा दाहाल पनि भक्कानिएका थिए ।
यस्तै उनका परिवारका अन्य सदस्यहरू पनि भावविह्वल बनेका छन् । सीताको शवलाई नर्भिक अस्पतालबाट पेरिसडाँडा लैजानका लागि निकाल्ने क्रममा छोरीहरू रेणु र गंगा डाँको छोडेर रोएका थिए । त्यसक्रममा प्रचण्ड पनि भावविह्वल भए ।
तर उनले छोरीहरू र परिवारका लागि आफूलाई सम्हाल्ने प्रयास गरिरहेका देखिन्थे । दुई छोरीहरू भावविह्वल भएपछि उनले छोरीहरूलाई अँगालेमा बाँध्दै ‘जे नहुनु भयो। म छु तिमीहरुको साथमा’ भनेका थिए ।
भावविह्वल बनेका प्रचण्डले आफूलाई सम्हाल्दै छोरीहरू परिवारलाई सम्हाल्ने प्रयास गरिरहँदा अस्पतालको माहोल नै भावुक बनेको थियो ।















प्रतिक्रिया