
काठमाडौं, २६ असार । जिल्ला प्रहरी परिसर ललितपुरले विभिन्न स्थानमा सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
ललितपुर प्रहरीले आज मंगलबार पत्रकार सम्मेलन गर्दै स्कुलमा बालबालिका लिन र पुर्याउन जाने महिलाहरूले लगाएको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको जनाएको हो ।
पक्राउ पर्नेमा लोलिनकाजी महर्जन, रवीन्द्र महर्जन र रोहन नेपाली छन् । ललितपुरमा असार १७ गतेदेखि १९ गतेसम्म भएका सुनको सिक्री लुटपाट घटनामा सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दा स्कुटर र मोटरसाइलकको प्रयोग गरी लुटपाट गरेको देखिएको र तीन जनालाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए ।
घटनाको मुख्य योजनाकार लोलिनकाजी महर्जन यसअघि पनि चोरी र लागूऔषध मुद्दामा पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया