२९ आश्विन २०८३, बिहिबार

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थपियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गरेको छ ।

सिंहदरबारमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याथ थप गर्ने निर्णय गरेको हो ।

चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो भने वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गरेको थियो ।