
काठमाडौं, २६ असार । एनआईसी एशिया बैंकले पाँच जना ग्राहकलाई दुर्घटना बीमाबापतको रकम हस्तान्तरण गरेको छ ।
बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजनाअन्र्तगत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका आफन्तलाई बैंकले १०/१० लाखका दरले ५० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
दुर्घटना बीमाबापतको बीमा लाभ प्राप्त गर्नेहरूमा चितवनका देवेन्द्र प्रसाद बछाड, रुपन्देहीका सम्राट खनाल, बर्दियाका आशीष थारु, सुनसरीका चन्द्रराज दाहाल र स्याङ्जाका कृष्ण प्रसाद भण्डारीका परिवार छन् ।
बैंकले दिएको जानकारी अनुसार चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्र प्रसाद बछाडका भाइ राजन प्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालका बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशीष थारुका बुबा दुल्लुराम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमा देवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोलेका मृतक कृष्ण प्रसाद भण्डारीकी श्रीमती टंकी देवी भण्डारीलाई सो रकम हस्तान्तरण गरिएको हो ।
निज लाभग्राहीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया