२९ आश्विन २०८३, बिहिबार

शाइन रेसुङ्गा बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ ।

बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक उत्कृष्ट हुँदै अवार्ड जितेको हो ।

इन्डियन च्याम्बर अफ कमर्शले आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी ६ वटा देशका बैंक तथा वित्तीय संस्थाहरूले अवार्डका आवेदन दिएका थिए ।

अवार्डका लागि इन्डियन च्याम्बर अफ कमर्शको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुङ्गाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी, सञ्चालन खर्च, कर पछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायत सूचकहरूमा उत्कृष्ट भएको बैंकले जनाएको छ ।

अवार्ड छनोटको निर्णायकमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त प्राइस वाटरहाउस कुप (पीडब्ल्यूसी) रहेको थियो । पीडब्ल्यूसीको उपस्थिति विश्वका १५० देशका ७ सय स्थानमा रहेको छ । सो अवार्ड भारतको गोवामा शनिबार वितरण गरिएको थियो ।

अवार्ड शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ब्राण्डिङ हेड प्रभास राईले ग्रहण गरेका थिए । स्थापनाकालदेखि नै इथिकल बैंकिङको मूल्य मान्यतामा अगाडि बढेकाले अहिले इमर्जिङ एशिया बैंकिङ अवार्ड प्राप्त गर्न सफल भएको र यसबाट बैंकको उचाई थप माथि पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

‘अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक, कर्मचारी, निक्षेपकर्ता, कर्जा लिएका सर्वसाधारणदेखि उद्योगी व्यवसायी सबैको योगदान र सहयोग छ,’ पौडेलले भने । बैंकले गत वर्ष न्यू विजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो । पाँच अर्ब अधिकृत पुँजी र ४ अर्ब २८ करोड चुक्ता पूँजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् ।