
काठमाडौं, २६ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक सेन्डिकेटमा चलाउन खोजिएको र यो धेरै दिन नचल्ने भन्दै चाँढै नै बिस्फोट हुने चेतावनी दिएका छन् ।
आज पार्टी केन्द्रीय कार्यालयमा नवगठित भ्रातृ संगठनका प्रमुखहरूलाई जिम्मेवारी प्रदान गर्दै थापाले २०६२/६३ को परिवर्तनले मुलुकलाई अस्थिरतातर्फ धकलेको भन्दै मुलुक अहिले आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएको बताए ।
सम्पूर्ण रोग, भोक, अशिक्षा र गरिवीको रामवाण गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता हो भन्नेहरूले अहिले मुकुलको अस्तव्यस्तताको जिम्मा लिनुपर्ने जिकिर उनको छ ।
अरुलाई गाली गर्ने र सराप्ने भन्दा पनि आफूहरूले केही गरेर देखाउनु पर्नेमा आफै अनैतिक, भ्रष्ट र अलोकतान्त्रिक देखिनु लज्जाको विषय भएको थापाको भनाइ छ । उनले राप्रपा नेपाल मुलुकको बलियो वैकल्पिक शक्ति बन्नेमा शङ्का नगर्न समेत सबैलाई आश्वस्त हुन आग्रह गरे ।
थापाले खेलकुद संगठनमा दमन बस्नेत, सनातन धर्म परिषदमा प्राडा विष्णु भण्डारी, किसान संगठनमा डम्बर शिवाकोटी, मुश्लिम संगठनमा मोहम्मद इकवाल इराकी, अपाङ्ग संगठनमा धर्म प्रसाद न्यौपानेलाई जिम्मेवारी दिदै सङ्गठन निर्माणमा उच्च मनोबलसहित क्रियाशील हुन आग्रह गरेका छन् ।















प्रतिक्रिया