
काठमाडौं, २६ असार । क्लासिक टेक इन्टरनेटको वार्षिक रिचार्ज गर्दा चार महिनासम्म बोनस पाइनुका साथै क्यासब्याकको मौका समेत प्राप्त गर्न सकिने भएको छ ।
कम्पनीले पछिल्लो समय जारी गरेको रिचार्ज अफरअन्तर्गत अब प्रयोगकर्ताहरूले क्लासिक टेकको ट्याकोन ३२५, ४००/६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा बोनस तथा क्यासब्याक पाउनेछन् ।
यही असार २१ गतेदेखि सुरू गरिएको अफर असार ३० गतेसम्म जारी रहने छ । अफरअन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म नेपाल–पे क्यूआरसँग साझेदारी गरेको जनाएको छ ।
यस अफरको क्रममा नेपाल–पे क्यूआरमार्फत रिचार्ज गर्ने ग्राहकले १०% वा रू. १०० सम्म क्यासब्याक पाउने छन् । यसअन्तर्गत प्रतिदिन एक युजरलाई एक पटक मात्रै यो अवसर पाउने छन् भने तीन जना भाग्यशाली व्यक्तिहरूले लक्की–ड्रमार्फत् ३२ इन्च टीभी जित्ने मौका पाउनेछन् ।















प्रतिक्रिया