१ कार्तिक २०८३, आइतबार

पल शाहको सपोर्टमा उत्रिइन् ज्योति मगर

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । पछिल्लो समय विवादमा तानिएका अभिनेता पल शाहको पक्षमा लोकदोहोरी गायिका ज्योति मगर खुलेरै लागेकी छिन् ।

वर्षदिनको जेल बसाईपछि पहिलोपटक कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘ह्वाट् द फ्लप’ मा अतिथिका रूपमा उपस्थित भएका पल उक्त शो मा बोलेको कुरालाई लिएर विवादमा तानिएका हुन् ।

उनले कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीसँग हाँसेर जेल बसाइको अनुभव सुनाएको विषयलाई लिएर अहिले चर्को विरोध भइरहेको हो । जसले गर्दा कान्तिपुर टेलिभिजनले उक्त एपिसोड युट्युबबाट हटाएको छ ।

यसैबीच ज्योति मगरले आफूलाई विवेकी ठान्ने व्यक्तिहरूले पलसँग रिस साँध्न खाजेको बताएकी छिन् । उनले कानूनी रूपमा सकिएको कुरालाई फेरि कोट्याएर पीडा दिन खोजेको भन्दै आपत्ति जनाएकी हुन् ।

ज्योति मिडियाहरूसँग पनि भड्किएकी हुन् । अडिओ सार्वजनिक गर्ने बेला पैसाको डिल गर्नेहरू नै पुन: पललाई फसाउन लागि परेको उनले लेखेकी छिन् ।