
काठमाडौं, २६ असार । सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुकै लामाजुरामा दुर्घटनामा परेको छ ।
नाइन एनए–एमभी कलसाइन भएको हेलिकप्टर उडेको केहीबेरमा नै सम्पर्कविहीन भएको थियो । मौमस खराबीका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ ।
अहिले पनि बाक्लो कुहिरो लागेकाले प्रहरीलाई घटनास्थलसम्म पुग्न असहज भएको छ । दुर्घटनामा परेको हेलिकप्टर पाइलट सिबि गुरूङले उडाएका थिए ।
हेलिकप्टरमा पाइलट गुरूङसहित अन्य पाँचजना मेक्सिकन नागरिक सवार थिए । उनीहरूको अवस्थाबारे जानकारी आउँन बाँकी छ ।















प्रतिक्रिया