बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

हङकङमा नेपालीबाटै यसरी लुटिए नेपाली वृद्ध

दैनिक नेपाल २०८० असार २६ गते १०:३३

काठमाडौं, २६ असार । हङकङमा एकजना वृद्व लुटिएका छन् । उनी अन्य मुलुककाबाट नभई नेपालीबाट नै लुटिएका हुन् ।

शनिबार मध्यराति ७१ वर्षीय वृद्ध ४ जना नेपालीबाट लुटिएका हुन्। निङपो स्टिटस्थित रेस्ट गार्डेनमा बियर पिएर बसिरहेकाबेला चारजना नेपालीले नै उनलाई लुटपाट गरेका हुन् ।

ति वृद्वले लुटपाटमा संलग्न तीन जना नेपाली पुरुष र एक महिलाविरूद्व प्रहरीमा उजुरी दिएका छन् । उनले आफूसँग भएको नगद ९०० हङकङ डलरसहितको पर्स र एउटा मोबाइल लुटपाट गरेको बताएका छन् ।

लुटपाटसँगै उनीमाथि उनीहरूले कुटपिटसमेत गरेका थिए । कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। लुटपाट गर्ने नेपालीहरू पक्राउ परेका छैनन् ।

उनीहरूको खोजी भइरहेको हङकङ प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित