
काठमाडौं, २५ असार । अभिनेता पल शाहले आफूले कसैको पनि अवहेलना गर्ने कुरा सोच्न पनि नसक्ने बताएका छन् ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य कलाकार एवम् प्रस्तोता सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट् द फ्लप’ कार्यक्रममा बोलेका कुरालाई लिएर चौतर्फी विरोध भएपछि पलले सामाजिक सञ्जालमार्फत आफूले कसैको पनि अवहेलना गर्ने सोच्न पनि नसक्ने बताएका हुन् ।
उनले कार्यक्रममा कसैको नाम नलिइ कारागारभित्र रहँदा भोगेका, देखेका कुराहरू हाँसेर बोल्दै सुनाउँदा विरोध भएकामा उनले दुखेसो पोखेका हुन् ।
उनले आरोप लागेपछि कानूनलाई सघाएको र एक वर्षको सजाय काटेपछि सफाई पाएर निस्किएपछि पनि बलात्कारी भन्दै हाँसी हाँसी बोल्यो भन्दै विरोध गरेकामा उनले दुख व्यक्त गरेका हुन् ।
उनले अदालतबाट सफाई पाइसकेपछि पनि मैले निधारमा ‘म बलात्कारी हुँ लेखेर हिँडौ कि दुख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ ? भन्दै प्रश्न समेत गरेका छन् ।















प्रतिक्रिया