२९ आश्विन २०८३, बिहिबार

लक्षित समुदायलाई केन्द्रमा राखेर काम गर्न कमिटीहरूलाई शंकर पोखरेलको निर्देशन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र मातहतका कमिटीहरूले लक्षित समुदायलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

नेकपा एमाले बाग्मती प्रदेश संगठन कमिटीको सातौं बैठकलाई च्यासलमा आज सम्बोधन गर्दै उनले प्रदेश र मातहतका सबै पार्टी कमिटीले लक्षित समुदायलाई केन्द्रमा राखेर काम गर्न निर्देशन समेत दिएका छन् ।

पार्टीलाई भावनात्मक रुपमा र योजनाका हिसावले एकताबद्ध बनाई अगाडि बढाउन पार्टी केन्द्रले नयाँ ठाउँको जिम्मेवारीका साथ कार्यविभाजन गरेको र यसबाट स्थानीय अन्तरविरोध छन् भने तीनको समाधान हुने विश्वास गरिएको स्पष्ट गरे । महासचिवव पोखरेलले यस वर्षलाई पार्टीले अधिवेशन बर्षका रुपमा लिएको र असार मसान्तसम्म पार्टी सदस्यता नवीकरणलगायतका काम सम्पन्न गरी अधिवेशनको काममा लाग्नुपर्ने बताएका छन् ।

महासचिव पोखरेलले अधिवेशनबाट हालको प्रदेश कमिटीको आकार आधा घट्ने तर क्रियाशील नेताकार्यकर्तालाई काम गर्ने अवसरबाट बन्चित नगरिने स्पष्ट गरे । ‘पार्टी निर्माणको काम क्रियाशील सदस्यहरूको जगमा, सक्रियहरूको आधारमा हुने छ । निष्क्रियहरूलाई विदा गरिने छ । आन्दोलनको भविष्यका लागि अनुभव र ऊर्जा जोड्नुपर्छ । अधिवेशनबाट नयाँलाई पार्टी कमिटीमा काम गर्ने ढोका खुल्ने छ,’ उनले भने ।