
काठमाडौं, २४ असार । ललिता निवास जग्गा प्रकरणमा आइतबार मात्रै तीनजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार सञ्चार तथा सूचना मन्त्रालयका सचिव कृष्णबहादुर राउत र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरेको हो ।
राउत माधव कुमार नेपाल प्रधानमन्त्री रहेका बेला भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत थिए । उनले समरजंग कम्पनीका नाममा रहेको जग्गा मोही र बिचौलियालाई दिने निर्णय गराएको आरोप छ ।
हेरौँ आइतबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–















प्रतिक्रिया