
काठमाडौं, २४ असार । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई हरहालतमा न्याय प्रदान गर्ने बताएका छन् ।
आज आइतबार मिटरब्याज पीडितको धर्नास्थल बानेश्वरमा पुगेर गृहमन्त्री श्रेष्ठले समाजमा मिटरब्याज पीडितलाई न्याय दिने आन्दोलन नरोकिने र हरहालतमा न्याय प्रदान गर्ने स्पष्ट पारेका हुन् ।
पीडितहरूलाई न्याय दिनका लागि अध्यादेश ल्याएको र अध्यादेशको अवधि सकिए पनि अस्वीकृत नभएको भन्दै उनले विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाउने र कानुन बनाइछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
श्रेष्ठले मिटरब्याज पीडितसम्बन्धी आयोगको काम नरोकिने स्पष्ट पारेका छन् । उनले मिटरब्याज सामन्ती शोषणको निकृष्ट अवशेष भएकाले शोषणको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।















प्रतिक्रिया