
काठमाडौं, २४ असार । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालका राजनीतिक दलहरूले दुई वटा छिमेकी मुलुक (उत्तर र दक्षिण)लाई हेर्ने दृष्टिकोण सत्तामा हुँदा र नहुँदा फरक–फरक हुने भएकाले समस्या सृजना भएको बताएका छन् ।
आज आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दक्षिण र उत्तरलाई हेर्ने दृष्टिकोण सत्तामा रहँदा एउटा र विपक्षमा हुँदा अर्को हुने प्रवृत्तिले राजनीतिमा समस्यासृजना भइरहेकाले यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेपालको राजनीतिमा अनुकुलको व्याख्याले कैयन समस्या सृजना भएको उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय दिएको विवादित अभिव्यक्तिको आशय प्रष्ट पार्न पनि सदन चल्नुपर्ने उनको भनाइ छ ।
हेर्नुहोस् भिडिओ–















प्रतिक्रिया