
काठमाडौं, २४ असार । रुपन्देहीमा ११ वर्षीया बालिका र बागलुङमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।
प्रहरीले दिएको जानकारी अनुसार बालिकालाई बलात्कार गरेको अभियोगमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई पक्राउ गरिएको छ ।
बालिकालाई परियारले बालिकाकै घरमा बलात्कार गरेको उजुरीपछि वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।
यस्तै, १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा बागलुङको निसीखोला गाउँपालिका–४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई पनि शनिबार प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती किशोरीलाई सोही गाउँपालिका–४ जाडेपास्थित पानीखोला जंगलमा बलात्कार गरेको प्रहरीले बताएको छ ।
दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।













प्रतिक्रिया