२९ आश्विन २०८३, बिहिबार

डेलिभरी दिन नसकेको सरकारप्रति जनताको आक्रोश कायम छ : गगन थापा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेलिभरी दिन नसकेको वर्तमान सरकारप्रति जनताको आक्रोश कायमै रहेको बताएका छन् ।

आज शुक्रबार काठमाडौंमा दृश्यमा खप्तड विमोचन समारोहलाई सम्बोधन गर्दै थापाले सरकारले भ्रष्टाचारविरोधी काम गरेको कुरामा समर्थन रहे पनि डेलिभरीको सन्दर्भमा अहिले पनि जनताको आक्रोश कायमै रहेको उनले बताएका हुन् ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका महामन्त्री थापाले नागरिकको अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रित हुनुपर्ने बताएका छन् । भ्रष्टाचारसँग जोडिएका कतिपय ठूला काण्डहरुमा सरकारले गरेको निर्णयमा शतप्रतिशत समर्थन रहे पनि नागरिकको अन्य अपेक्षा अनुसार काम गर्न सरकार असफल रहेको उनको भनाइ छ ।

उनले आर्थिक सङ्कटताको अवस्थामा सरकारले चुस्तताका साथ काम गर्न नसकेको धारणा व्यक्त गरे । थापाले बालुवाटारमा बसेर सांसदलाई टाउको गन्दै ठिकठाक भने पनि वास्तविक रुपमा त्यो ठिकठाक नहुन पनि सक्ने बताएका छन् ।

उनले जनताको अपेक्षा अनुसार काम गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।