२९ आश्विन २०८३, बिहिबार

ग्लोबल आईएमई बैंकले ल्यायो ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ योजना

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । ग्लोबल आईएमई बैंक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिना धितो प्र्रदान गर्नेछ । यो कर्जा १२.०८ प्रतिशतको स्थिर व्याजदरमा पाइनेछ ।

२१ वर्ष वा सोभन्दा बढी उमेरका नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आईएमई बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकहरुले यस योजनाअन्तर्गत आईएमइर्–पे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्नेछन् ।

बैंकले नेपाल, भारत र भुटान बाहेक मलेशिया, साउदीअरब, कतार, ओमान, युएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तब्यहरुमा वैदेशिक रोजगारीका लागि जानेहरुलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउनेछ । उक्त कर्जाको अवधि १८ महिनाको रहेकोछ ।

बैंकले युके एड, सीप दक्षता कार्यक्रम, आईएमई–पे र आध्यान्त फण्ड म्यानेजमेन्टसँगको सहकार्यमा उक्त कर्जा कार्यक्रम ल्याएको हो ।

बैंकले ३५७ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको जनाएको छ ।