३० आश्विन २०८३, शुक्रबार

विपक्षीले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै छैन : सञ्चारमन्त्री शर्मा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै नरहेको बताएकी छिन् ।

प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले आज शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री शर्माले प्रधानमन्त्रीले भावनात्मक र एउटा मान्छेको विषयमा बोलेको विषयलाई उठाएर संसद अवरुद्ध र प्रधानमन्त्रीको राजीनामा माग्ने काम नियोजित देखिएको भन्दै विपक्षीले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्ने प्रचलन कतै नरहेको बताएकी हुन् ।

उनले सरकार गठन भए देखिनै सुशासनको पक्षमा दृढतापूर्वक उभिएकाले कतिपयको टाउको दु:खाई भएको तर्क गरिन् । सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको उनको भनाइ छ ।

मन्त्री शर्माले सदनको गतिरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको प्रतिस्थापन विधेयकजस्ता महत्वपूर्ण र संवेदनशील विषयलाई अघि बढाउन नपाइएको उल्लेख गरिन् । यस्तै, उनले नागरिकतासम्बन्धी बिषयमा पनि अनावश्यक रुपमा सरकारलाई विवादमा ल्याउने प्रयन्त भएको उल्लेख गर्दै नेपालीलाई नागरिकता प्रदान गर्न र विदेशीलाई नागरिकता दिनबाट रोक्न सरकार गम्भीर रहेको बताइन् ।

उनले सङ्घीय निजामती ऐन र सङ्घीय शिक्षा ऐनलाई अगाडि बढाउने प्रक्रियामा सरकार रहेको पनि जानकारी दिइन् ।