आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : एसईईको नतिजामा सुधार, संवैधानिक आधारबिनै मुख्यमन्त्री नियुक्त

दैनिक नेपाल २०८० असार २१ गते २२:३२

काठमाडौं, २१ असार । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिकसत्र २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यो वर्ष नतिजामा केही सुधार आएको देखिन्छ । बोर्ड सार्वजनिक गरेको नतिजा अनुसार ३.६० देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ जना, ३.२० देखि ३.६० जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ जना, २.८० देखि ३.२० जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२ जना छन् ।

यस्तै, २.४० देखि २.८० जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना, २.०० देखि २.४० जीपीए ल्याउनेको संख्या १ लाख दुई हजार २९३ जना, १.६० देखि २.०० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७ जना, १.२० देखि १.६० जीपीए ल्याउनेको संख्या ३८ हजार ७७० जना र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० जना छ ।

यस्तै, आज कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले संवैधानिक आधारबिनै मुख्यमन्त्री नियुक्त गरेका छन् । उनले तटस्थ पद सभामुखको समेत हस्ताक्षरका आधारमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

उनको यो कदमको संविधानविदहरूले समेत विरोध गरेका छन् । सभामुखकै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले नगरेको धारणा संविधानविद् डा. भिमार्जुन आचार्यको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य सूमाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित