
काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार एक कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिको चौतर्फी आलोचना भइरहँदा काठमाडौं महानगरपालिकाका प्रमुद बालेन्द्र शाह ‘बालेन’ले कडा र गम्भीर टिप्पणी गरेका छन् ।
उनले नेपालका अधिकांश सांसहरू दिल्लीको आदेश मान्ने भन्दै ‘भारतीय गुलामहरू’को संज्ञा दिएका छन् । बिहीबार राति सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्री प्रचण्ड भन्दा पनि उनलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि आफूलाई शंका लागेको टिप्पणी गरेका छन् ।
‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो,’ उनले लेखेका छन्, ‘दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।’
यस्तै, उनले भारतको विरोध गर्दा आफूलाई अवहेलना मुद्दा लगाइएको स्मरण गर्दै अरु कसैले कानुन मान्नै नपर्ने हो भन्दै प्रश्न समेत उठाएका छन् । ‘भारतीय गुलामहरुले देश चलाउँदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?’ उनले प्रश्न गरेका छन् ।















प्रतिक्रिया