२९ आश्विन २०८३, बिहिबार

एमालेको गण्डकी प्रदेश कार्यालयको बैठकले के–के गर्‍यो निर्णय ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा २१ असार । नेकपा एमाले गण्डकी प्रदेश कार्यालयको बैठक आज बिहीबार कास्कीको पोखरामा सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय सचिव एवम् गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण बिष्टको प्रमुख आतिथ्य र प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बसेको बैठकले भेला, प्रशिक्षण र संगठन परिचालनका कार्यक्रम तय गरेको छ ।

पालिका तहले गरेको सदस्यता नवीकरण असार २५ गतेसम्म प्रदेश कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । बैठकले प्रदेश कमिटीको बैठक साउन २२ गते पोखरामा गर्ने निर्णय गरेको छ ।

पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिनका लागि पार्टी स्कुल विभागले विभिन्न तहका चलाउँदै आएको प्रशिक्षण गण्डकीमा प्रदेशमा प्रशिक्षक/प्रशिक्षणका लागि साउन १० देखि १२ गतेसम्म र गण्डकी प्रदेशस्तरीय प्रचार कार्यशाला साउन २० र २१ गते पोखरामा गर्ने निर्णय पनि कार्यालय बैठकले गरेको छ ।

बिहीबार बिहान प्रदेश इञ्चार्ज गोकर्ण बिष्टको उपस्थितिमा बसेको प्रचार विभागको बैठकले प्रचार भेला र कार्ययोजना पेश गरिएको थियो । एमालेले जनसंगठनका पदाधिकारी र इञ्चार्जहरू सहभागी हुने प्रदेशस्तरीय जनसंगठन भेला साउन २३ गते गर्ने भएको छ ।

यस्तै, एमालेले प्रदेशका विभागीय प्रमुखको भेला साउन २ गते गर्ने भएको छ । चाँडै नै प्रदेश अधिवेशन हुने हुँदा एमालेका सांगठनिक गतिविधिलाई जोड दिएको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस साउन ७ गते रचनात्मक कार्यक्रम गरी मनाउन जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ ।

गोकर्ण बिष्टले गण्डकी प्रदेशको इञ्चार्जको जिम्मेवारी लिएपछि जिल्ला कमिटीका बैठक सम्पन्न भएको बताइएको छ । जनसंगठनका कामलाई प्रभावकारी बनाउन र समय अनुसार चल्ने बनाउन जोड दिएको एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव एवम् प्रचार विभाग प्रमुख रश्मी आचार्यले बताए ।