२९ आश्विन २०८३, बिहिबार

एलओडीका सञ्चालक सुवाल पक्राउ

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् ।

उमेर नपुगेकी एक नाबागिलाई क्लबमा प्रवेश गराएको आरोपमा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरू रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

एलओडीमा छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको घटनापछि उनीहरूलाएई केही दिनअघि पक्राउ पुर्जी जारी भएको बताइएको छ ।