
काठमाडौं, २१ असार । संविधानविद् डा. भिमार्जुन आचार्यले सभामुखकै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले कतै पनि नगरेको स्पष्ट पारेका छन् ।
संविधानमा नभएको व्यवस्था प्रयोग गरेर कोशी प्रदेशमा सरकारको दाबी गरिनु असंसदीय र असंवैधानिक कदम भएको उनले बताएका छन् ।
‘सभामुख कै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन । यस्तो कार्य असंसदीय र असंवैधानिक छ,’ उनले भनेका छन्, ‘सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिन्छ । कोशी प्रदेशका सभामुखको यस्तो कार्य संसद्को अपहेलनाजन्य कार्य हो । यसरी सरकार गठन गर्नु भन्दा त प्रदेश सरकार नै नरहनु ठीक हुन्छ ।’
सरकार बनाउन ४७ सीट आवश्यक भए पनि पाँच दलीय गठबन्धनसँग ४६ सीट मात्रै छ । नेपाली कांग्रेससँग २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना छन् ।
तर, मुख्यमन्त्री नियुक्त हुन थापाले प्रदेश प्रमुखलाई झुक्याउँदै सभामुख बाबुराम गौतमको समेत मत गणना गरेका छन् । जबकी सभामुख तटस्थ पद हो ।
नेकपा एमाले र राप्रपाले सरकार गठनमा सभामुखको भूमिका हुन नहुने बताउँदै आएका छन् । उनीहरुले प्रदेश प्रमुखलाई ध्यानाकषर्ण समेत गराएका छन् ।
सभामुख कै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन।यस्तो कार्य असंसदीय र असंवैधानिक छ।सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिन्छ।कोशी प्रदेशका सभामुखको यस्तो कार्य संसद्को अपहेलना जन्य कार्य हो । यसरी सरकार गठन गर्नु भन्दा त प्रदेश सरकार नै नरहनु ठीक हुन्छ।
— Bhimarjun Acharya (@BhimarjunPhD) July 6, 2023













प्रतिक्रिया