२९ आश्विन २०८३, बिहिबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २१ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आज बिहीबार साँझ थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

त्यसअघि थापाले प्रदेश सभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै प्रदेश प्रमुख खापुङसमक्ष दाबी पेश गरेका थिए । त्यो दाबीलाई खापुङले सदर गरिदिएका छन् ।

सरकार बनाउन ४७ सीट आवश्यक भए पनि पाँच दलीय गठबन्धनसँग ४६ सीट मात्रै छ । नेपाली कांग्रेससँग २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना छन् ।

तर, मुख्यमन्त्री नियुक्त हुन थापाले प्रदेश प्रमुखलाई झुक्याउँदै सभामुख बाबुराम गौतमको समेत मत गणना गरेका छन् । जबकी सभामुख तटस्थ पद हो ।

नेकपा एमाले र राप्रपाले सरकार गठनमा सभामुखको भूमिका हुन नहुने बताउँदै आएका छन् । उनीहरुले प्रदेश प्रमुखलाई ध्यानाकषर्ण समेत गराएका छन् ।