२९ आश्विन २०८३, बिहिबार

सरकार गठनको अङ्गणितमा सभामुखलाई जोड्नु असंवैधानिक : शेखर कोइराला

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । केन्द्रदेखि प्रदेशसम्मको सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार गठनका क्रममा सभामुखलाई समेत गणना गरिनु असंवैधानिक भएको बताएका छन् ।

सभामुखसमेतको हस्ताक्षरमा सत्ता गठबन्धनले कोशीमा आजै सरकार गठनको दाबी गर्ने तयारी गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित पेस गरेको अवस्थामा संवैधानिक सर्वोच्चता विपरीत हुने बताएका हुन् ।

यस्तो छ, उनको धारणा

सन्दर्भ कोशी प्रदेश सरकार गठन:

प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोहि पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाइ जानकारी दिन सकिने व्यवस्था छ ।

प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरि पठाउने कुराको संबैधानिक ब्याख्या छैन । तर सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संबैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त बिपरित हुन जान्छ ।

सभामुखको संबैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य संचालन गर्नु र अध्यक्षता गर्नु हो । यदि संसदमा पेस भएका बिषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, बिघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको बिपरित हुन जान्छ ।