
काठमाडौं, २१ असार । आज सार्वजनिक भएको माध्यमिक शिक्षा परिषद् (एसईई)को नतिजा नेपाल टलिकम (एनटीसी) बाट पनि सजिलै हेर्न सकिने भएको छ ।
परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ ।
१६०० मा डायल गर्दा प्रति कल करबाहेक जम्मा रू. २ मात्र महशुल लाग्नेछ । दुई मिनेटको समयावधिलाई एक कल मानिने छ ।
त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर SEE <space> <symbol number> टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । उदाहरणका लागि SEE 12345678A टाइप गरी
१६०० मा सन्देश पठाउन सकिन्छ । १६०० मा सन्देश पठाउँदा पनि प्रति सन्देश करबाहेक जम्मा रु. २ मात्र महशुल लाग्नेछ ।
नेपाल टेलिकमको वेबसाइटमार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ ।
नतिजा प्रकाशित भएको केही समय पश्चात यो सुविधा उपयोग गर्न सकिने छ । यसबाट सम्पूर्ण विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।













प्रतिक्रिया