२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री प्रचण्डको सचिवालयले भन्यो– अभिव्यक्ति बंग्याएर राजनीतिकरण गरियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको सचिवालयले प्रधानमन्त्री दाहालको सार्वजनिक अभिव्यक्तिलाई बङ्ग्याएर राजनीतिकरण गरिएको बताएको छ ।

प्रधानमन्त्री दाहालका तर्फबाट उनको सचिवालयले आज विज्ञप्ति जारी गरी एक पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई बङ्ग्याएर राजनीतिकरण भइरहेको स्पष्ट पारेको हो ।

संसदमा स्पष्टीकरणको मौका समेत नदिई एकपक्षीय प्रचार गरेको भन्दै सचिवालयले असन्तुष्टि सोत व्यक्त गरेको छ ।

नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा सोमबार प्रधानमन्त्री दाहालले ‘एकपटक आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै पटक दिल्ली गएको’ बताएका थिए । उनको सोही अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको छ ।

प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधि सभामा बुधबारदेखि राजीनामा नै मागेको छ भने राष्ट्रिय सभाको आज बिहीबारको बैठक पनि अवरुद्ध गरेको छ ।

यद्यपि, आज बिहीबार बसेको सत्तारुढ दलहरुको बैठकले प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन निर्देश गरेको छ । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपव्याख्या गरिएको बताएका हुन् ।

हेर्नुहोस् विज्ञप्ति–