२९ आश्विन २०८३, बिहिबार

कोशी प्रदेशमा आज मुख्यमन्त्री नियुक्त हुँदै

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २१ असार । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुने भएका छन् ।

गठबन्धन दलहरूले आज अपराह्न साढे ४ बजे मुख्यमन्त्रीको दाबी गरेर प्रदेश प्रमुखकोमा जाने बताएका छन् ।

राप्रपाको समर्थन प्राप्त नभए पनि थापाले आज नियुक्ति लिन लागेका हुन् । कोशीमा राप्रपाले सहमर्थन नगरेसम्म नयाँ सरकार गठनको सम्भावना छैन ।

सरकार गठनका लागि ४७ सीट आवश्यक पर्ने भए पनि गठबन्धनसँग ४६ सीट मात्रै छ । जस अनुसार कांग्रेससँग २९ सीट, माओवादी केन्द्रसँग १२ सीट, एकीकृत समाजवादीसँग ४ सीट र जनता समाजवादी पार्टीसँग १ सीट गरी ४६ सीट छ ।

गठबन्धन दलहरूले माओवादीबाट सभामुख बनेकालाई समेत सरकार निर्माणको आवश्यक सीट भएको दाबी गर्दै आज मुख्यमन्त्रीको नियुक्ति लिन लागिएको हो । संवैधानिक व्यवस्था अनुसार सभामुखले सरकार ढाल्न वा गठन गर्ने सन्दर्भमा मतदान गर्न पाउँदैनन् ।