२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्रीको अभिव्यक्ति प्रकरण : एमालेले गर्‍यो राष्ट्रिय सभा बैठक अवरुद्ध

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

आज, बिहीबार बसेको बैठकमा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै अवरोध गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ गते दिएको अभिव्यक्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथि आँच आएको एमालेको भनाइ छ ।

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म राष्ट्रिय सभाको कामकारबाही अगाडि बढाउन नहुने एमालेको अडान छ ।