२९ आश्विन २०८३, बिहिबार

अब प्रतिपक्षविरुद्ध पनि विरोध सुरू हुन्छ : कमल थापा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विवादास्पद अभिव्यक्ति प्रकरणमा अब प्रतिपक्ष दलहरूविरुद्ध पनि विरोध सुरू हुने बताएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्ति साझै आपत्तिजनक भएको चर्चा गर्दै उनले सो अभिव्यक्तिको विरोधका नाममा मिटरव्याजीलाई कारबाही गर्न ल्याइएको अध्यादेश निष्क्रिय हुने वातावरण सृजना हुनु राम्रो पक्ष नभएकाले अब प्रतिपक्ष दलहरूविरुद्ध पनि विरोध सुरू हुने बताएका हुन् ।

केहीबेरअघि सामाजिक सञ्जालमा लेख्दै उनले अध्यादेश निष्क्रिय भए पनि निकास खोजिनुपर्नेमा जोड दिएका छन् ।

‘प्रधानमन्त्री प्रचण्डको ‘दिल्ली धाउने’ अभिव्यक्ति आपत्तिजनक छ । त्यसको विरोध गर्नेक्रममा संसद अवरुद्ध गर्दा वर्षौंदेखि मिटरव्याजी साहुकारहरुको शोषणबाट पीडितहरूलाई राहत दिन ल्याइएको अध्यादेशको अस्तित्व समाप्त भएको छ,’ थापाले भनेका छन्, ‘यसबारे तत्काल निकास नखोज्ने होभने प्रतिपक्षकै विरुद्धमा विरोध सुरू हुने छ ।’